share 679 काठमाडौं । बैंकिङ कसुर आरोपमा प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका-३ का एक पीडितको जाहेरीका आधारमा कामत पक्राउ परेको हो । बैकिङ कसुर आरोपमा मंसिर २५ गते मोरङ अदालतले कामतविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार ५ लाखको चेक बाउन्स भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पोस्टको नेभिगेसन चेक अनादर मुद्दाका दोषीलाई दुई वर्ष जेल सजाय हुने