Chairman of the Communist Party of Nepal-Revolutionary Maoist, Mohan Baidya, speaking at a programme in Kathmandu on Monday, June 21, 2016. Photo: RSS

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएको छ । वैद्यलाई एक्कासि दम बढेपछि महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए ।

उनी बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उनले बताए ।

ती नेताका अनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।