काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । जेजु एयरको विमान स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनाग्रस्त भएको हो ।
विमान थाइल्याण्डको बैंककबाट १७५ यात्रु र ६ चालक दलका सदस्य जेजु एयरको विमान फर्किएको थियो । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको हो । अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको सञ्चारमाध्यमले जनाएको छ ।
विमान विमानस्थलको बारमा ठोक्किएको थियो। त्यसपछि विमानमा आगो लागेको थियो उद्धार कार्य अझै जारी रहेको बताइएको छ। अहिलेसम्म दुईजनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ ।