काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ ।

यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्राउ गर्ने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् । गत डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।

पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो ।