धादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङको छैटौं पुर्ण बैठक सम्पन्न भएको छ । बैठक शुक्रबार धादिङको धार्केमा बसेको हो ।

बैठक नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इञ्चार्ज ज्योती सीको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी प्रमोद सीको अध्यक्षतामा बसेको थियो । बैठकमा बोल्दै इञ्चार्ज ज्योतीले पार्टीको केन्द्रीय उत्पादन निति र आत्मनिर्भर अर्थतन्त्र समाजवादी आन्दोलनको आधार भएको बताएको छ ।

बैठकमा इञ्चार्ज ज्योतीले पार्टीले हालै सञ्चालन गरेको आवधिक योजनामा पार्टीलाई जनतासँग जोड्न र पार्टी केन्द्रको योजनालाई दरोसँग पकड्न जिल्ला समिति सदस्यहरुलाई निर्देशन समेत दिएको थियो ।