काठमाडौं । मकवानपुर प्रहरीले ८१ किलो गाँजासहित मनहरीबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश गाउँपालिका-४ का २२ वर्षीय छेटुप थिङ रहेका प्रहरीले जनाएको छ।

थिङलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी-८ सिम्पानीबाट पक्राउ गरेको हो । थिङले चलाएको बोलेरो गाडीबाट प्रहरीले ८१ किलो गाँजा बरामद गरेको हो ।

राक्सिराङ गाउँपालिकाबाट मनहरी हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च ००६२ नम्बरको बोलेरो गाडीलाई शंकाको आधारमा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
बोलेरोको पछाडीको ढालाभित्र लुकाई ल्याएको अवस्थामा उक्त परिणामको गाँजा फेला परेको हो।

प्रहरीले गाँजासहित पक्राउ परेको बोलेरो र थिङमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रवक्ता अर्यालले बताए