भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन समिति गठन

११ महिना अगाडि ११ महिना अगाडि ११ महिना अगाडि

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ।

पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठन भएको समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू रहने बैठकमा सहभागी एक मन्त्रीले बताए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत प्रतिपक्षी दलहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका थिए । उक्त समितिलाई ३० दिनको समय दिइएको छ।