काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।
केही दिनअघि कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न र भूमि समस्या समाधान आयोगको जिल्ला अध्यक्ष नियुक्त गर्न बिचौलियासँग ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनको नाम लगातार विवादमा आएको थियो।
सो प्रकरणमा आफ्नो नाम जोडिएपछि अनुसन्धानमा सहजता होस् भन्ने हेतुले आफूले पदबाट राजीनामा दिएको गुप्ताले बताएका छन्। गुप्ताले प्रविधिको उच्चतम प्रयोगको सिकार आफू बनेको भन्दै अब अरू कोही यस प्रकारको चपेटामा नपरोस् भन्ने चाहना व्यक्त गरे। साथै, उनले आफूलाई साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

