बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले थुनामै पठाउने आदेश दिएको छ।

सोमबार जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा भएको सुनुवाइपछि लामिछानेलाई हिरासतमै राख्न आदेश गरिएको हो।

लामिछानेमाथि आफ्नो दायित्वमा पर्ने रु २ करोड ७४ लाख ८४ हजार बराबरको रकम नतिरेको आरोप छ। उनले उक्त रकम धरौटीका रूपमा बुझाएर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए। तर, अदालतले निवेदनको माग ‘बमोजिम नहुने’ भन्दै खारेज गरेको हो।

यसअघि लामिछानेको धरौटी मागबारे सोमबार नै सुनुवाइ सकिएको थियो। आदेशपछि अब उनी मुद्दाको टुंगो लागेसम्म थुनामा रहनेछन्।