काठमाडौं । चीनको राजधानी बेइजिङमा २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थितिमा बुधबार बिहान भव्य सैन्य परेड सुरु भएको छ।

परेड समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनलगायतका शीर्ष नेताको सहभागिता रहेको छ। नेपालतर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्।

बीबीसीका अनुसार, कार्यक्रममा करिब ५० हजार पाहुनाको उपस्थिति छ। दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सवको अवसरमा सो सैन्य परेड आयोजना गरिएको हो।

सैन्य परेडमा चीनको नवीनतम सैन्य शक्ति, हतियार प्रणाली र युद्ध क्षमता प्रदर्शन गरिएको छ।