काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा अज्ञात समूहले आक्रमण गरेको छ।

मोटरसाइकलमा आएका तीन जनामध्ये दुई जनाले रड प्रहार गर्दा भण्डारी घाइते भएका छन्। उनको टाउकोमा करिब दस टाँका लगाउनु परेको छ। साथै, उनी सवार गाडीमा समेत तोडफोड गरिएको छ।

भण्डारीका अनुसार केही समयअघि उनले नारी टिभीमा दिएको अन्तरवार्तापछि निरन्तर धम्की आइरहेको थियो। उनले धम्की दिने व्यक्तिहरू हालै आफ्नै कार्यालयमा आएर सोधपुछ गरेको जानकारी पनि दिएका छन्।

यस घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ।