share 249 धनगढी । अछामको पन्चदेवल विनायक नगरपालिका-९ मा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड फसेको छ । आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको लठ्ठा चुँडिदा खच्चड फसेको हो । अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारका लागि पुलको जाली काटिएको छ । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदीमाथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चर अड्किन पुगेको थियो । चुडिँएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेको थियो । ती खच्चरको उद्धार भइरहेको प्रहरीले जनाएको छ । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको बताइएको छ । पोस्टको नेभिगेसन जनमुक्ति मार्ग र ताल्ढुंगा खोपासी सडक प्रदेश सरकारले बनाउछौं : मुख्यमन्त्री जम्कट्टेल नवनियुक्त मन्त्री दीपक मनाङ्गे भन्छन् ‘यहि तालले २० चोटि पनि खानुपर्ने हुन्छ’
धनगढी । अछामको पन्चदेवल विनायक नगरपालिका-९ मा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड फसेको छ । आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको लठ्ठा चुँडिदा खच्चड फसेको हो ।