काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएका हुन्।
मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ। यसअघि उनले नैतिक जिम्मेवारीका आधारमा पद त्याग्ने घोषणा गरेका थिए।
‘यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ,’ अन्नपूर्णसँगको कुराकानीमा मन्त्री लेखकले बताएका थिए।
कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। त्यसपछि ‘राजीनामा दिन्छु’ भन्दै गृहमन्त्री लेखक बालुवाटार पुगेका थिए।

