share 275 काठमाडौं । नेपाल सरकारले एसियाली विकास बैंक (ADB) बाट १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने भएको छ। असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘स्ट्रेन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एण्ड डेभलप सर्भिस डेलिभरी कार्यक्रम’का लागि उक्त ऋण लिने निर्णय गरेको हो। यो रकम बजेटरी सहायताका रूपमा रहनेछ। बैठकले ऋण प्राप्तिका लागि एडीबीसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ। सरकारका अनुसार यो ऋण चालू आर्थिक वर्षभित्रै सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढ गर्न र विकास सेवा प्रवाहमा सुधार ल्याउन खर्च गरिनेछ। मन्त्रिपरिषद्ले जेन–जी आन्दोलनबाट भएको क्षतिपूर्ति, आगामी निर्वाचनका लागि बजेट व्यवस्थापन लगायतका अन्य निर्णयहरू सार्वजनिक गर्ने क्रममा एडीबीसँगको ऋण सम्झौताको जानकारी दिएको हो। पोस्टको नेभिगेसन काठमाडौं प्रशासनले एमाले निकट युवा संघको र्याली र सभा गर्न रोक लगायो प्रचण्डको सचिवालयले ‘दुई ट्रक पैसा लगिएको’ दाबी प्रमाणित गर्न चुनौती