काठमाडौं । गायिका ज्योति मगरले हालको जेनजी आन्दोलनलाई क्रान्ति नभई अराजकता र भाडभैलो मात्र भएको टिप्पणी गरेकी छन्। उनले आन्दोलनलाई रातो घर फिल्मको आइटम गीत जस्तो भएको बताइन्।

मगरले फेसबुकमा लेख्दै भनिन् कि नेपालको इतिहासमा भएका राणा, पञ्चायत र राजतन्त्रविरुद्धका आन्दोलनहरु व्यवस्था परिवर्तन र नेपाली जनताको हकहितका लागि भएको क्रान्ति भएको तर आजको घटनाक्रम त्यसैगरी नभएको उनको विचार छ। उनले लेखेको अंशमा भनिएको छ :

“म एक नेपाली नागरिक भएको हैसियतले एउटा कुरा ठोकेरै भन्छु नेपालमा भएको हरेक आन्दोलनहरु (राणा शासन विरुद्ध, पञ्चायत विरुद्ध, जनयुद्ध, राजतन्त्रविरुद्ध) जति पनि भए व्यवस्था परिवर्तनको लागि र नेपाली जनताको हकहितका लागि क्रान्ति थियो… तर आज जे भइरहेको छ । यो क्रान्ति होइन — यो अराजकत र भाड भैलो हो… (केटाकेटी आए, गुलेली खेलाए, मट्याङग्राको सत्यनास) यो चै फ्लिम रातो घरको आइटम गित हो । ल अब गाली बर्साउनुस देशको झण्डा ओढेर देश जलाउने सच्चा देशभक्तहरु…”

मगरले अघि आन्दोलनका नेतृत्वप्रति पनि कटाक्ष गरेकी छन्, विगतका आन्दोलनहरु आन्दोलनात्मक उद्देश्य राखेर भएका भए तापनि नेतृत्वले जनताका अपेक्षा पूरा गर्न नसकेको र त्यसका लागि आलोचना हुनु स्वाभाविक रहेको उनको भनाइ छ। साथै, देशको झण्डा ओढेर देश जलाउने र त्यसपछि आफूविरुद्ध गाली गर्नेहरूलाई लिएर उनी आक्रोशित पनि देखिइन्।

यद्यपि, जेनजी आन्दोलनका प्रतिनिधि वा आयोजकको तर्फबाट अझै प्रतिक्रिया आएका छैनन्। आन्दोलनका उद्देश्‍य र सहभागीहरूको प्रतिनिधि टिप्पणी आएमा घटनाक्रम थप स्पष्ट हुने अपेक्षा गरिएको छ।