साङ्केतिक तस्वीर 

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नक्कली नोट कारोबार गरिरहेको अवस्थामा एक महिला पक्राउ गरेको छ । कलंकीमा चिया पसल चलाउने तारादेवी डंगोललाई नेपाली एक हजार दरका ५ सय १५ थान नक्कली नोटसहित पक्राउ गरिएको हो ।

 

नक्कली नोटको कारोबार गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनको पसलमा छापा मारेको थियो ।

 

सोही क्रममा प्रहरीले एक हजार दरका ५ सय १५ थान नोट बरामद गरेको हो । डंगोललाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइसकेको प्रहरीले छ ।