काठमाडौं । आइतबार सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।
फिक्कल गाउँपालिका-५ झगडेँबेसीमा गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।
मोटरसाइकलमा सवार धनुषा जिल्ला कमला नगरपालिका-९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रविन्द्र कुमार ठाकुर र तनहुँ जिल्ला भिमाद नगरपालिका-७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

