जुन 12, 2026
अपराध-अनुसन्धान

स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’ ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका हुन् । अध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई पक्राउ गरेको छ ।

उनीहरुले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरुले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारी नै बन्द गरेको बताइएको छ ।

जवाफ लेख्नुहोस्