share 306 तस्बिर : प्रधानमन्त्रीको सचिवालय काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिएको थियो । उनको तेस्रो कार्यकालमा नेपाल र भारतबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेको थियो । भेटमा उनीहरूबिच नेपाल-भारतबिच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । उक्त अवसरमा उनीहरूबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार विमर्श भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा सहभागी भएको थियो । उनी आइतबार नै भारतको नयाँ दिल्ली पुगेको थियो । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि सहभागी छन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ । पोस्टको नेभिगेसन जनकम्युन अवलोकन गर्न चितवन पुगे विप्लव समाजवादी मोर्चामा विचलन देखा पर्यो : विप्लव