जुन 12, 2026
ज्योतिष विज्ञान

यस्तो रहेको छ जेठ २९ गते मंगलबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल जेठ २९ गते मंगलबार   तदनुसार २०२४ जुन ११ तारीख जेष्ठ शुक्लपक्ष पञ्चमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ०९ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५८ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशिहुनेहरुका लागि आज समय सामान्य देखिन्छ । राजनीतिक, सामाजिक तथा वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ भने आम्दानी बढ्ने देखिन्छ ।

वृष : वृष राशिहुनेहरुका लागि आज समय राम्रो रहेको छ । शत्रु बढ्ने भएकोले बोल्दा ख्याल गर्नुहोला । व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्ने देखिन्छ ।

मिथुन : मिथुन राशिहुनेहरुका लागि आज समय सामान्य रहने देखिन्छ । प्रतिस्पर्धी निस्तेज हुनेछ भने आफ्नो प्रभाव बढ्ने देखिन्छ । राजनीतिक, सामाजिक र आर्थिक क्षेत्र सामान्य रहेपनि शैक्षिक क्षेत्र धेरै राम्रो रहेको छ ।

कर्कट : कर्कट राशिहुनेहरुका लागि आज समय सामान्य रहने देखिन्छ । धार्मिक क्षेत्रमा मन जानुका साथै  सुरु गरेको काममा सफलता मिल्ने देखिन्छ । रोग बढ्ने भएकाले सचेत रहनु होला ।

सिंह : सिंह राशिहुनेहरुका लागि आज दाम्पत्य जीवन सुखमय रहने देखिन्छ । राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्न सक्छ । सामाजिक क्षेत्रबाट मानसम्मान पाउने योग रहेको छ।

कन्या : कन्या राशिहुनेहरुका लागि आज समय सामान्य रहेको छ । आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन् । पठनपाठनमा रुची बढ्ने देखिन्छ ।

तुला : तुला राशिहुनेहरुका लागि आज आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल बन्ने देखिन्छ । पठनपाठनमा रुची बढ्नेछ । पारिवारिक सम्बन्धमा समस्या उत्पन्न हुनेछ भने धार्मिक क्षेत्रमा मन जाने देखिन्छ ।

वृश्चिक : वृश्चिक राशिहुनेहरुका लागि आज बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनु पर्ने देखिन्छ । शत्रु बढ्नुका साथै पारिवारिक तनाव बढ्ने देखिन्छ ।

धनु : धनु राशिहुनेहरुका लागि आज आफूले गरेका कामबाट सन्तोष मिल्नेछ । राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ ।  व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउने देखिन्छ भने प्रेममा धोका हुनसक्छ ।

मकर : मकर राशिहुनेहरुका लागि आज बोलीको प्रभावले ठूलो फाइदा हुने देखिन्छ ।  अन्य क्षेत्र यथावत रहने देखिन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ । पारिवारिक सुख प्राप्त हुने योग रहेको छ ।

कुम्भ : कुम्भ राशिहुनेहरुका लागि दिन सामान्य राम्रो रहने छ । बोलीमा मिठास आउनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्ने सम्भावना रहेको छ । स्वास्थ्यमा भने समस्या आउने देखिन्छ ।

मीन : मीन राशिहरुका लागि आज प्रशंसा पाउने समय रहेको छ । खुसी बढ्नुका साथै वैदेशिक मामिलामा सफलता मिल्नेछ देखिन्छ । प्रेममा भने संघर्ष गर्नुपर्नेछ।।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।

जवाफ लेख्नुहोस्