फाइल तस्बिर 

 

काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको बताएको छ ।

उपराष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाइएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो ।

उक्त विमानमा उपराष्ट्रपतिबाहेक अन्य नौ जना सवार थिए ।
रिपोर्टहरुका अनुसार विमान आफ्नो गन्तव्य म्जुजुमा अवतरण गर्न असफल भएको छ ।

#एजेन्सी