काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९१ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ४२ पैसा र बिक्री १७० रुपैयाँ १९ पैसा तोकिएको छ ।
आज कतारी रियल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । साउदी रियल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा तोकिएको छ ।