share 288 प्रतिकात्मक तस्वीर काठमाडौं । ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ । ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने र छुट्टै ड्राइभिङ लाइसेन्स नचाहिने गरी काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अहिले सवारीचालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा जोड्ने प्राविधिक काम भइरहेको र १-२ दिनमा नै टुङ्गिने पनि बताए । राज्यको खर्च कटौती र सवारी चालकलाई सहज हिसाबले अनुमतिपत्र वितरण गर्न सो कार्यको थालनी गरिएको उनले बताए । सरकारले आउँदो साउन १ देखि सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नै नछापिने उनले भनाइ छ । ‘हामीले अहिले ३-४ हजार लाइसेन्स प्रिन्ट गर्छौं, अर्को पाटो खोजिरहेका छौं, अब हामी सवारी लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गर्छौं, राष्ट्रिय परिचयपत्र या नम्बर साथमा राखेका नागरिकहरूले लाइसेन्सको मान्यता पाउँछन्’, महानिर्देशक रिजालले भने । लाइसेन्स छापिरहन खर्च गर्नुभन्दा राष्ट्रिय परिचयपत्रलाई नै उचित विकल्पको रूपमा प्रयोग गर्ने तयारी भएको उनले बताए । ‘हामीसँग राष्ट्रिय परिचयपत्र छँदैछ, त्यसमा क्यूआर कोड छँदैछ, त्यसमा भएको फोटोपनि उस्तै हो, जन्म मिति सबै मिलिहाल्छ’, रिजालले भने, ‘नमिल्ने भनेको ड्राइभिङ लाइसेन्स कहिले लिएको हो र त्यसको म्याद कहिलेसम्म हो, त्यो विषय क्यूआर कोडमार्फत् ट्राफिक प्रहरीले हेर्न सक्ने प्रणाली विकास गरिएको छ ।’ महानिर्देशक रिजालले राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रलाई जोड्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र साउन १ गतेबाट व्यवहारिक रूपमै कार्यान्वयनमा ल्याउनेगरी काम भइरहेको बताए । रिजालले भने, ‘अहिले हामीले ५५ लाख व्यक्तिहरुलाई स्मार्ट लाइसेन्स दिनुपर्नेमा नयाँ र नवीकरण समेत गरी २० लाख जतिलाई पनि दिन सकेका छैनौं, यो विषय सहज हुनुपर्छ भनेर राष्ट्रिय परिचयपत्रमा जोडिएको हो ।’ पोस्टको नेभिगेसन राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन आज जेनेभा जाँदै प्रतिनिधिसभाको बैठक बस्दै, के-के छ कार्यसूची ?
काठमाडौं । ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ । ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने र छुट्टै ड्राइभिङ लाइसेन्स नचाहिने गरी काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अहिले सवारीचालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा जोड्ने प्राविधिक काम भइरहेको र १-२ दिनमा नै टुङ्गिने पनि बताए । राज्यको खर्च कटौती र सवारी चालकलाई सहज हिसाबले अनुमतिपत्र वितरण गर्न सो कार्यको थालनी गरिएको उनले बताए । सरकारले आउँदो साउन १ देखि सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नै नछापिने उनले भनाइ छ । ‘हामीले अहिले ३-४ हजार लाइसेन्स प्रिन्ट गर्छौं, अर्को पाटो खोजिरहेका छौं, अब हामी सवारी लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गर्छौं, राष्ट्रिय परिचयपत्र या नम्बर साथमा राखेका नागरिकहरूले लाइसेन्सको मान्यता पाउँछन्’, महानिर्देशक रिजालले भने । लाइसेन्स छापिरहन खर्च गर्नुभन्दा राष्ट्रिय परिचयपत्रलाई नै उचित विकल्पको रूपमा प्रयोग गर्ने तयारी भएको उनले बताए । ‘हामीसँग राष्ट्रिय परिचयपत्र छँदैछ, त्यसमा क्यूआर कोड छँदैछ, त्यसमा भएको फोटोपनि उस्तै हो, जन्म मिति सबै मिलिहाल्छ’, रिजालले भने, ‘नमिल्ने भनेको ड्राइभिङ लाइसेन्स कहिले लिएको हो र त्यसको म्याद कहिलेसम्म हो, त्यो विषय क्यूआर कोडमार्फत् ट्राफिक प्रहरीले हेर्न सक्ने प्रणाली विकास गरिएको छ ।’ महानिर्देशक रिजालले राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रलाई जोड्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र साउन १ गतेबाट व्यवहारिक रूपमै कार्यान्वयनमा ल्याउनेगरी काम भइरहेको बताए । रिजालले भने, ‘अहिले हामीले ५५ लाख व्यक्तिहरुलाई स्मार्ट लाइसेन्स दिनुपर्नेमा नयाँ र नवीकरण समेत गरी २० लाख जतिलाई पनि दिन सकेका छैनौं, यो विषय सहज हुनुपर्छ भनेर राष्ट्रिय परिचयपत्रमा जोडिएको हो ।’