प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच सिंहदरबारमा भेटवार्ता
ग्लोबल ग्यालेक्सी न्युज
३० जेठ, २०८१
share250
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला उनीहरूबिच बुधबार अपराह्न सिंहदरबारमा भेट भएको हो ।
भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको बताए । अध्यक्ष ओलीले बजेटमा देखिएको कमीकमजोरी हटाउन प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउए । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन एमालेका सांसदहरूले माग गर्दै आएका छन् ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी जसपा नेपालसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बेला सत्तारुढ प्रमुख घटक एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताद्वय प्रचण्ड र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।