share 246 प्रतिकात्मक तस्बिर जेरुसेलम । गाजामा हमासविरुद्धको युद्धमा मानवताविरोधी अपराध गरेको भेटिएको भन्ने संयुक्त राष्ट्रसंघको अनुसन्धानलाई इजरायलले पक्षपातपूर्ण भन्दै खण्डन गरेको छ । गाजा युद्धमा राष्ट्रसंघका विज्ञले गरेको पहिलो गहन अनुसन्धान प्रतिवेदनले इजरायली र प्यालेस्टिनी सशस्त्र समूहले युद्ध अपराध गरेको पत्ता लगाएको छ । इजरायल र प्यालेस्टिनी क्षेत्रमा भएको अन्तर्राष्ट्रिय कानुन उल्लंघनको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्ले सन् २०२१ मेमा अनुसन्धान आयोगको स्थापना गरेको थियो । संयुक्त राष्ट्रसंघको स्वतन्त्र अनुसन्धान आयोगले बुधबार जारी गरेको प्रतिवेदनमा इजरायलले ‘युद्ध अपराध, मानवताविरुद्धको अपराध’ र अन्य अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको जानकारी गराइएको छ । प्रतिवेदनमा ‘गाजाका आम-नागरिकविरुद्ध इजरायलले व्यापक र निर्देशित आक्रमण गरेको उल्लेख गरिएको छ । इजरायली विदेश मन्त्रालयले आयोगको अनुसन्धान प्रतिवेदन पक्षपातपूर्ण र स्पष्ट इजरायलविरोधी एजेन्डाबाट प्रेरित रहेको दाबी गर्नुका साथै इजरायली सेना (आइडिएफ) विरुद्धको झुटा आरोप र मानहानीयुक्त भएको दाबी गरेको छ । आयोगले गत अक्टोबर ७ को आक्रमणमा हमास र अन्य सशस्त्र समूहका सदस्यहरूले हत्या, हताहत, दुर्व्यवहार, बन्धक र यौनिक तथा लैंगिक हिंसाजस्ता अपराध गरेको पुष्टि गरेको छ। ‘हमास र प्यालेस्टिनी सशस्त्र समूहहरूले तुरुन्तै हवाई आक्रमण बन्द गर्नुपर्छ र सबै बन्धकलाई रिहा गर्नुपर्छ,’ संयुक्त राष्ट्रसंघका पूर्वअधिकार प्रमुख र अन्तर्राष्ट्रिय फौजदारी अदालतका पूर्वन्यायाधीश नाभी पिल्लेले भने। हमासले संयुक्त राष्ट्रसंघको उक्त प्रतिवेदनमा हालसम्म कुनै टिप्पणी गरेको छैन। पोस्टको नेभिगेसन संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड को बन्लान् इरानमा भावी राष्ट्रपति ?