share 265 साङ्केतिक तस्बिर मकवानपुर । मकवानपुरमा थाहा नगरपालिकाबाट एक सय किलो लागूऔषध गाँजा बरामद भएको छ । शुक्रबार बिहान जिल्लाको थाहा नगरपालिका-७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीले ना.२० प १८६७ र प्रदेश ३-०२-०१२ प १५९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो । मोटरसाइकलमा सवार व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ । पोस्टको नेभिगेसन सर्लाहीको चुरे क्षेत्रबाट १६ क्विन्टल गाँजा बरामद काठमाडौंबाट १५ करोडको कोकिन सहित ४ जना विदेशी पक्राउ