share 242 फाइल तस्बिर काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई-गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको हो । गृह मन्त्रालयभित्र परीक्षणको रूपमा लागू गरेर अहिले सिंहदरबारस्थित सबै निकायमा लागू गरिएको मन्त्रालयमा कार्यरत सूचना प्रविधि निर्देशक सुस्मा श्रेष्ठले जानकारी दिइन् । एकीकृत अभिलेख प्रणाली व्यवस्थित गरेर मन्त्रालयले ई-गेट पास प्रणाली लागू गरेको छ । सिंहदरबार प्रवेश गर्न चाहनेले सम्बन्धित निकायमा अनुरोध गरेपछि पास स्वीकृत हुनसक्ने व्यवस्था छ । अनुरोध स्वीकृत भएपछि कोड देखाएर सेवाग्राही सिंहदरबार प्रवेश गर्न सक्नेछन् । गेटमा सुरक्षाकर्मीले क्युआर कोड स्क्यान गरेर प्रवेश दिन सक्ने श्रेष्ठले बताइन् । उनले भनिन्, ‘प्रयोजन खुलाएर सिंहदरबार पास डट जीओभी डट एनपीमा पास अप्लाइ गर्न सकिन्छ ।’ प्रवेश चाहनेले आइडी र फोटो अपलोड गर्नुपर्छ । पोस्टको नेभिगेसन माओवादी केन्द्रले तोक्यो सातै प्रदेशमा विपद् व्यवस्थापनका लागि सम्पर्क व्यक्ति काठमाडौं महानगरको गर्यो अहिलेसम्मकै ठुलो घोषणा : न्युरोड, हाँडीगाउँ सहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने