share 242 काठमाडौं । आज मिति २०८१ साल असार ३ गते सोमबार तदनुसार २०२४ जुन १७ तारीख जेष्ठ शुक्लपक्ष एकादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजे हुनेछ । अब लागौं आजको राशिफल तर्फ : मेष : मेष राशि भएकाहरूका आज पनि समय शुभ रहने छ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउने हुँदा सामाजिक पद पाउने योग रहेको छ । वृष : वृष राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहने देखिन्छ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ । विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय प्रतिकुल रहेको छ । परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति पत्नीबीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । कर्कट : कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहने देखिदैन । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान पुर्याउनु होला । व्यावसायमा भने जस्तो आम्दानि नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु सकभर लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । सिंह : सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ रहेको छ । सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भए पनि अन्तत तपाईको क्षमता देखेर आफै बाटो लाग्नेछन् । स्वास्थ्य सम्बन्धी पुराना समस्याहरु ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । कन्या : कन्या राशि भएकाहरूका लागि आज समय खराब रहेको छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । मायाा प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धी समस्याले सताउनेछ हुँदा मानसिक तनाव बढ्नेछ । तुला : तुला राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउँन सहज हुनेछ । वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय अत्यन्तै खराब रहेको छ । स्वास्थ्य सम्बन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेको छ । धनु : धनु राशि भएकाहरुका लागि आज पनि स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला । कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । मकर : मकर राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । कुम्भ : कुम्भ राशि भएकाहरुका लागि आज समय प्रतिकुल रहेको छ म आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । मीन : मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट मनग्य लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् । पोस्टको नेभिगेसन घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य यस्तो छ असार ४ गते मंगलबारको राशिफल