इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्धसम्बन्धी संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ । मन्त्रिपरिषद्मा अति दक्षिणपन्थी सहयोगीहरूले राखेका मागले नेतान्याहूको समस्यालाई निरन्तर बढाइरहेको थियो । यी मागका कारण अमेरिकालगायत अन्य अन्तर्राष्ट्रिय सहयोगीहरूसँग इजरायलको सम्बन्ध पनि तनावपूर्ण बन्ने देखिएको थियो ।
यो निर्णयले आफ्नो काममा असर नपर्ने इजरायली सेनाले बताएको छ । गाजामा तनाव अन्त्य भएको अवस्थामा नेतान्याहूसँग कुनै योजना नभएको आरोप लगाउँदै बेनी गान्ट्ज र गादी इसेनकोटले युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिए । अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतान्याहुले युद्ध मन्त्रिपरिषद् गठन गरेको थियो । यस मन्त्रिपरिषद्मा दुई पूर्व सेना प्रमुख पनि सदस्य थिए ।
