काठमाडौं । वैदेशिक रोजगारका लागि एक महिनाको अवधिमा ७२ हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार एक महिनाको अवधिमा (जेठ महिनामा) मात्र ७२ हजार ८६१ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका हुन् ।
जसमध्ये ६४ हजार ८८६ जना पुरुष र ७ हजार ९७५ जना महिला रहेका छन् । विदेश जाने जिल्लाको सुचीमा पहिलो नम्बरमा धनुषा जिल्ला रहेको छ । धनुषाबाट मात्र जेठ महिनामा ४ हजार २४८ जना विदेशिएको विभागले जनाएको छ । रोजगारीका लागि विदेश गएकामध्ये २४ हजार ८१२ जना एक पटक विदेश गएर आएका र फेरी विदेश गएका छन् सरकारको माध्यमबाट : जस्तै (कोरिया) ८७० जना रोजगारको लागि विदेश गएको विभागले जनाएको छ । जेठ महिनामा व्यक्तिगत भिजा लिएर ११ हजार १७२ जना विदेश गएको विभागले जनाएको छ । म्यानपावरको माध्यमबाट ३६ हजार ७ जना गएको विभागको भनाई छ ।
विदेश जानेमध्ये सबैभन्दा बढी युएई गएको र जेठ महिनामा मात्रै २० हजार ४२४ जना युएई गएको विभागले जनाएको छ ।

