एकीकृत जनक्रान्तिका १५ जना सहिदहरूको गाथामा आधारित ‘बलिदान राष्ट्रका लागि’ कृतिको परिचर्चा सहित महोत्तरी जिल्लाको बर्दिवासमा हुने कार्यक्रममा नेकपाका स्थायी समिति सदस्यतथा मधेश प्रदेश इन्चार्ज अनिल सी, नेकपाका पिविएम चिरन सी, वरिष्ट सौन्दर्य चिन्तक रोसन जनकपुरी, नागरिक समाजका अगुवा नारायण खपांगी, गीतकार तथा माओवादी केन्द्रका नेता टेकवहादुर बलामपाकी, बुद्धिजीवी केदार कोइराला र प्रगतिशील लेखक संघ मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेको लगाएतले स्मृति सभालाई सम्बोधन गर्ने आयोजकले जनाएको छ ।
आयोजक समितिका अध्यक्ष शोभा दुलाल, कुशल बोगटी र प्रतिवद्ध सी तथा नेता चिरज सी भोली हुने सभाका लागि कार्यक्रमका लागि बर्दिवास प्रस्थान गरिसकेको जनाकारी प्राप्त भएको छ।
पर्सबाट नेकपाका सेक्रेटरी फिरोज सीको नेतृत्वमा एउटा बस, सर्लाहीबाट ३ ओटा बस, धनुषाबाट र ४ ओटा बस अन्य जिल्लाबाट गरि ठुलो जनमासको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख व्यवस्थापक तथा महोत्तरी जिल्ला इन्चार्ज पवन सीका अनुसार अतिथि सत्कारसहित सभाको सम्पूर्ण तयारी पूरा भैसकेको छ । स्मृति सभामा सहिदका परिवारको बिशेस उपस्थिति रहने जनाएको छ ।