बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोही मूल्यमा सोमबार र मंगलबार पनि कायम भएकोमा बुधबार पनि स्थिर रहेको छ । यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्यचाहिँ घटेको छ ।
मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने घटेर तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भएको हो ।