share 187
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मल्ललाई मंगलबारदेखि सेवाबाट अलग गर्ने फैसला भएको बताए । मल्लका शैक्षिक प्रमाण पत्र र नागरिकतामा अलग-अलग जन्म मिति भेटिएको र सोही विषयमा उजुरी परेपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको थियो ।
प्रारम्भिक छानविनका क्रममा कैफियत भेटिएपछि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघस्थित नेपाली नियोगका सैनिक सहचारीको रुपमा कार्यरत मल्ललाई नेपाल झिकाइएको थियो। अनुसन्धान अगाडि बढेसँगै मल्ल सैनिक प्रहरीको नियन्त्रणमा थिए।

