आज असार ६ गतेको राशिफल

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं । आज मिति २०८१ साल असार ६ गते बिहीबार    तदनुसार २०२४ जुन २० तारीख जेष्ठ शुक्लपक्ष त्रयोदशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर १ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :  

मेष : मेष राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर राशिबाट आठौँ स्थानमा रहेको छ । महत्वपूर्ण काम गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

वृष : वृष राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर  राशिबाट सातौँ स्थानमा रहेको छ । अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।

मिथुन : मिथुन राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर राशिबाट छैटौँ स्थानमा रहेकाले अरूलाई प्रभावित पारेर काम बनाउन सकिने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

कर्कट : कर्कट राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर  राशिबाट पाँचौं स्थानमा रहेकाले इच्छाशक्ति बढ्ने देखिन्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान-सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

सिंह : सिंह राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर राशिबाट चौथो स्थानमा रहेकाले समयमा सचेत नभए काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् ।

कन्या : कन्या राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर राशिबाट तेश्रो स्थानमा रहेकाले लामो समयदेखि रोकिएको काम बन्ने र आम्दानीको स्रोत समेत बढ्ने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

तुला : तुला राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर राशिबाट दोश्रो  स्थानमा रहेकाले साथीभाई तथा अन्य विश्वासपात्रबाट धोका हुनसक्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

वृश्चिक : वृश्चिक राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर राशिबाट प्रथम स्थानमा रहेकाले सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन रहेको छ । साथीभाई तथा सहयोगीको मद्दतले बिग्रेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।

धनु : धनु राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर राशिबाट बाह्रौ स्थानमा रहेकाले अनावश्यक काममा समय बित्न सक्छ । विना प्रयोजनको यात्रामा समय खर्चिनुपर्ने हुन सक्छ । परिवार, सहकर्मी तथा साथीभाईसँग विवाद हुन सक्ने सम्भावना देखिन्छ । काममा ढिलासुस्ती भएपनि मेहेनत गर्दा काम सफल हुन सक्छ ।

मकर : मकर राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर राशिबाट एकादश स्थानमा रहेकाले नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कुम्भ : कुम्भ राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर  राशिबाट दशौँ स्थानमा रहेकाले मुद्दा-मामिलामा विजयी हुने देखिन्छ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग रहेको छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।

मीन : मीन राशि हुनेहरुका लागि आज चन्द्रमाको गोचर राशिबाट नवौँ स्थानमा रहेकाले प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ । बोल्दा विचार पुर्याउनु पर्ने समय छ अन्यथा काम बिग्रिन सक्छ । नयाँ लगानीको लागि शुभ समय छैन ।

राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् ।