share 250 सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।रूपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पोस्टको नेभिगेसन संसद सचिवालयको सुरक्षामा खटिएका प्रहरी जवान मृत फेला, आत्महत्या गरेको आशंका धुलिखेल अस्पतालको कुरुवा वार्डमा मृत भेटिए एक पुरुष
सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।रूपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।