जुन 12, 2026
सुनचाँदी

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जवाफ लेख्नुहोस्