हनोई । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनामको राजकीय भ्रमणमा रहेको छ । हनोईमा दुवै देशका नेताहरूले सहयोग अभिवृद्धिमा जोड दिएका छन् ।
भ्रमणको उद्देश्य यस क्षेत्रमा रुसको कूटनीतिक प्रभाव बढाउनु रहेको छ । भियतनामी राष्ट्रपति टो लामले दुवै देशले सुरक्षाको क्षेत्रमा सहयोग बढाउन चाहेको बताए । यता रुसी राष्ट्रपति पुटिनले पनि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा दुवै नेताको दृष्टिकोण समान वा धेरै नजिक रहेको उल्लेख गरे । उत्तर कोरियाबाट भियतनाम पुगेका पुटिनलाई रातो कार्पेटमा स्वागत गरिएको थियो ।
भियतनाम यस समयमा पुटिनका लागि उत्तर कोरियाभन्दा बढी महत्त्वपूर्ण छ । किनभने भियतनाम हालैका वर्षहरूमा अमेरिकासँग नजिक भएको छ । अमेरिकाले भने पुटिनको हनोई भ्रमणको आलोचना गरेको छ ।