ट्रिप एडभाइजरले काठमाडौं उपत्यकामा ऐतिहासिक स्थलहरु, प्रचिन मन्दिर, मठ र अद्भूत गाउँहरु रहेको उल्लेख गरेको छ । ट्रिप एडभाइजरले काठमाडौं आउने पर्यटकहरुलाई स्थानीय मानिस र जनवारसँग घुलमिल हुन, दरबार क्षेत्रका सम्पदाको अवलोकन गर्न वा ठमेलका पदयात्रीसँग सामेल हुन सल्लाह दिएको छ । त्यसबाहेक स्थानीय कलाकारका पसल घुम्न पनि काठमाडौँ आउने पर्यटकलाई ट्रिप एडभाइजरले सल्लाह दिएको छ ।
यस सूचीको दोस्रो स्थानमा भियतनामको हालोङ बे, तेस्रोमा इजिप्टको हुर्गाहडा, चौथोमा मौरिसस, पाचौँमा इण्डोनेशियाको लोम्बोक परेका छन् ।