share 252 साङ्केतिक तस्बिर काठमाडौं । रसुवाको गोसाईकुण्ड नगरपालिका-२ स्थित वडा कार्यालयका सचिवलाई प्रहरीले पक्राउ गरेको छ । हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरिएको रसुवाका डीएसपी केशव भट्टराईले बताए । वडा सचिवले वडा अध्यक्ष ५३ वर्षीय कामी छिरिङ तामाङको हस्ताक्षर किर्ते गरेको आरोप लागेको छ । वडा अध्यक्षको अनुपस्थितिमा उनको मन्जुरी बेगर आफ्नो नाममा टिमुरेमा रहेको जग्गाको घरबाटो सिफारिसमा उनी आफैँले अध्यक्षको हस्ताक्षर गरेको हो । उनीविरुद्ध किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए । पोस्टको नेभिगेसन अनुसन्धान विभागको प्रहरी भन्दै कपनमा सुन पसल लुट्नेहरुविरुद्ध मुद्दा दायर रामबहादुर बम्जन बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालद्वारा दोषी ठहर