काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामा (सी) दस दिने लामो चीन भ्रमण गरेर स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटावार्ता गरेका थिए ।
शुक्रबार राती स्वदेश फर्किएका लामाले भ्रमण निकै फलदायी भएको बताए । आफ्नो भ्रमणले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबिच सहकार्यको राम्रो बातावरण बनेको उनले बताए । सञ्चारकर्मी तथा आफ्ना नेता कार्यकर्तासँ भ्रमणको अनुभूति सुनाउदै नेपाली कम्युनिस्ट आन्दोलन, कम्युनिस्टहरुमा देखिएका समस्या, एकताको विषयमा छलफल भएको जानकारी दिए । ‘चिनियाँ कम्युनिस्ट पार्टीको विकास, चीनमा भएको विकासको गति, आर्थिक समुन्नति लगायतका विषयमा अनुभव साटासाट भयो ।’, उनले भने, ‘छलफलपछि (सीपीसी) हामीसँग सहकार्य गर्न सकारात्मक रहेको छ ।’

‘हाम्रो भ्रमण दल र त्यहाँका बिभिन्न प्रान्तका नेताहरुसँग जुन किसिमको कुरा भयो, त्यहाँबाट दुबैपक्ष एकअर्काप्रति प्रभाबित भयौं । चीन र नेपालमा भएको समग्र र कम्युनिस्ट आन्दोलन तथा त्यसको उपलब्धिबारे अनुभूति साटासाट भयो । त्यहाका नेताहरुले हामीप्रति, हाम्रो पार्टीप्रति देखाएको सदासयताले सम्बन्ध विस्तारको ढोका खुलेको छ।’ अनुभूति मन्तव्य राख्दै उनले भने ।

उनले अध्ययन भ्रमणबाट आफुले सिकेका र समग्र नेपालका कम्युनिस्टहरुले सिक्नुपर्ने धेरै कुराहरु प्राप्त गरेको बताउँदै साच्चै कम्युनिस्ट सरकार कस्तो हुनुपर्छ, कम्युनिस्ट आचरण कस्तो हुनुपर्छ भन्ने ज्ञान प्राप्त भएको सुनाए ।