काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामा (सी) ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार माइला सी नाट्य तथा संगीत विधा तर्फको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेका बर्ष विभिन्न विधाहरुमा सम्मान गर्दै आएको छ । यो बर्ष जनवादी, सांस्कृतिक र सांगीतिक आन्दोलनका स्थापित व्यक्तित्व जनप्रीय कलाकार, संगीतकार माईला लामा (सी) सम्मानित हुने भएको हो ।
त्यसैगरी, ललितकला विधाबाट सन्त कुमार शाका ‘राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मानित हुने भएको छ । मन्त्रालयले यी दुबै विधामा प्रदेशस्तरमा पनि सम्मानित हुनेहरुको नाम सार्वजनिक गरेको छ ।