share 270 काठमाडौं । विदेशमा रोजगारीका लागि पठाउने आश्वासन देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई अनामनगर बस्ने ३४ वर्षीय नर्वदा कुमार खड्का र काठमाडौंको नागार्जुन घर भएका ४० वर्षीय पासाङ लामा रहेका छन् । खड्काले क्यानडा पठाउने आश्वासन दिएर पीडितसँग ३ लाख ८५ हजार ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पासाङले दुईजना पीडितबाट पोर्चुगल पठाउने आश्वासन दिएर ५ लाख २० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनीहरूलाई कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ । पोस्टको नेभिगेसन रामबहादुर बम्जन बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालद्वारा दोषी ठहर सीआईबी भन्दै २ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ