साङ्केतिक तस्वीर 

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-५ सिपालीमा अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटेर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिदिएको पाइएको छ ।

 

गएराति ठकुरानी तामाङको बोधिचित्तको रूख काटिदिएर घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ राखिदिएको पाइएको बागमती प्रदेश प्रहरीका डीआईजी विष्णुकुमार केसीले जानकारी दिए ।

यो घटनामा प्रहरीले शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पनि उनले बताए । ‘सत्य लामा सहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका र बोधिचित्तको रूख काट्ने र तर्साउनका लागि विस्फोटक पदार्थ राख्ने मान्छेको पनि पहिचान भइसकेकोले पक्राउ गर्न भने बाँकी छ’, उनले भने ।

बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने बोधिचित्तको फल  महँगो मूल्यमा बिक्री हुने गरेको छ ।