काठमाडौं । सरकारले सिमकार्ड लिन र बैंक खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका छन् । बुधबार राजपत्रमा एक सूचना प्रकाशित गरी सरकारले यस्तो व्यवस्था गरेका हुन् ।

 बैङ्किङ तथा वित्तीय सेवा लिन, टेलिफोन तथा सिमकार्ड लिन, सामाजिक सुरक्षा कोषको सेवा लिन र घर जग्गा किनबेच सम्बन्धी सेवा लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र लिएको हुनुपर्नेछ ।

यो व्यवस्था १ माघ २०८१ देखि अनिवार्य लागू हुने जनाएको छ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा उक्त निर्णय गरेको हो ।