राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।