उनलाई चिनियाँ कम्युनिस्ट पार्टीबाट पनि निष्कासन गरेको छ । उनीविरुद्ध केन्द्रीय सैन्य आयोगको अनुशासन समितिले गत वर्षको अगस्टमा छानबिन सुरु गरेको थियो ।

उक्त छानबिनबाट लीले पदको अनुचित लाभ लिएको, अरुलाई लाभ दिलाएको र सट्टामा ठूलो परिमाणमा नगद र बहुमूल्य सामान लिएको देखिएको सिन्ह्वाले उल्लेख गरेको छ ।

पार्टी र सेनाको उच्च अधिकारीका रुपमा लीले पार्टीको सिद्धान्त र उदेश्यलाई धोका दिएको अनुशासन समितिले बताएको छ ।

सोही कारण पार्टी नेतृत्वले उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको बताइएको छ।

 

#एजेन्सी