share 293 काठमाडौं । चीनका पूर्वरक्षामन्त्री ली साङ्फूविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान चलिरहेको चीनले बताएका छन् । गत वर्ष अचानक पदबाट बर्खास्त भएका उनीमाथि छानबिन चलिरहेको बेइजिङले औपचारिक रुपमा घोषणा गरेका हुन् । उनलाई चिनियाँ कम्युनिस्ट पार्टीबाट पनि निष्कासन गरेको छ । उनीविरुद्ध केन्द्रीय सैन्य आयोगको अनुशासन समितिले गत वर्षको अगस्टमा छानबिन सुरु गरेको थियो । उक्त छानबिनबाट लीले पदको अनुचित लाभ लिएको, अरुलाई लाभ दिलाएको र सट्टामा ठूलो परिमाणमा नगद र बहुमूल्य सामान लिएको देखिएको सिन्ह्वाले उल्लेख गरेको छ । पार्टी र सेनाको उच्च अधिकारीका रुपमा लीले पार्टीको सिद्धान्त र उदेश्यलाई धोका दिएको अनुशासन समितिले बताएको छ । सोही कारण पार्टी नेतृत्वले उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको बताइएको छ। #एजेन्सी पोस्टको नेभिगेसन बोलिभियामा असफल भयो सैन्य‘कू’, सेनाका जनरल पक्राउ उत्तर कोरियाले गर्यो धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण
उनलाई चिनियाँ कम्युनिस्ट पार्टीबाट पनि निष्कासन गरेको छ । उनीविरुद्ध केन्द्रीय सैन्य आयोगको अनुशासन समितिले गत वर्षको अगस्टमा छानबिन सुरु गरेको थियो । उक्त छानबिनबाट लीले पदको अनुचित लाभ लिएको, अरुलाई लाभ दिलाएको र सट्टामा ठूलो परिमाणमा नगद र बहुमूल्य सामान लिएको देखिएको सिन्ह्वाले उल्लेख गरेको छ । पार्टी र सेनाको उच्च अधिकारीका रुपमा लीले पार्टीको सिद्धान्त र उदेश्यलाई धोका दिएको अनुशासन समितिले बताएको छ । सोही कारण पार्टी नेतृत्वले उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको बताइएको छ। #एजेन्सी