facebook sharing button
twitter sharing button

काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

जेनेरेटर राख्ने स्थानबाट सुरु भएको आगलागी केही समयपछि नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ साथै त्यस आसपासका क्षेत्रमा पनि केही क्षति पुगेको छ । दककल र प्रहरी लगातको सहयोगमासमयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।