उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने सजाय तोकिएको थियो । सो फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरेको र अदालतको आदेशपछि कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।
