share 258 काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ । आइतबार १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा ओर्लिएको नेप्से सूचक सोमबार ०.८० प्रतिशतले बढ्दै २ हजार ५३.३८ विन्दुमा उक्लिएको हो । नेप्से परिसूचक बढेपनि सोमबार कारोबार भने घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । सोमबार फाइनान्स र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक २.०४ प्रतिशतले बढेको छ भने सोमबार विकास बैंक समूहको उपसूचक १.३१ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक भने १ प्रतिशत कमले बढेको छ । सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ । पोस्टको नेभिगेसन नेप्से बिहीबार पनि निरन्तर ओरालो मंगलवार नेप्से १५ दशमलव ७९ अङ्कले बढ्यो, कतिको भयो कारोबार ?