प्रतिगमनविरुद्धको सङ्घर्षमा लाइन स्पष्ट भए प्रचण्डसँग सहकार्य गर्न सकिने नेता गजुरेलले बताए । उनले थपे, ‘सत्ता समीकरण बदल्न पहिले प्रचण्डजीले प्रयोग गर्नुभयो । अहिले ओली र देउवाले प्रयोग गरे । पछिल्लो सत्ता समीकरण फेरबदल त्यसैको निरन्तरता हो । व्यवस्थाभित्र हुने समीकरण फेरबदलले देश र जनतााई फरक पर्दैन ।’
असार १७ गते ठुला दल कांग्रेस र एमालेबिच सत्ता सहकार्य भएपछि प्रचण्ड सरकार बहिर्गमनको पर्खाइमा रहेको छ । प्रचण्डले पछिल्लो गठबन्धनलाई प्रतिगमनतर्फ जाने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै वामपन्थी क्रान्तिकारी शक्तिहरूसँग मिलेर सङ्घर्ष गर्ने बताएका थिए ।